रौतहटमा पोखरीमा डुबेका २२ वर्षीय युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १७, शनिबार (३ घण्टा अघि)
  • ४९ पटक पढिएको
रौतहटमा पोखरीमा डुबेका २२ वर्षीय युवकको मृत्यु

रौतहट,१७ असोज।  रौतहटको फतुवा विजयपुर नगरपालिका–१ स्थित एक पोखरीमा डुबेर २२ वर्षीय युवकको मृत्यु भएको छ।

स्थानीय हरि दासका २२ वर्षीय छोरा बिकम दासको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो। मृतक बिकम अपाङ्गता भएका व्यक्ति रहेको बताइएको छ।

पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाउने तयारी गरेको जनाएको छ।

प्रारम्भिक रूपमा पोखरीमा डुबेर मृत्यु भएको देखिए पनि घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस