सर्लाहीमा अचेत फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
सर्लाहीमा अचेत फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

सर्लाही ,१७ असोज। सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलबास बजारमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब २ः३५ बजे बयलबास बजारमा नाम, थर र वतन नखुलेका करिब ३० देखि ३५ वर्षीय पुरुष लडेर अचेत अवस्थामा फेला परेका थिए।

मागी खाने हिँड्ने जस्तो देखिने ती पुरुषलाई स्थानीयको सहयोगमा तत्काल एम्बुलेन्समार्फत उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबास लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गरेपछि दिउँसो करिब ३ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव हाल प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीको शवगृहमा राखिएको छ।

मृतकको हालसम्म सनाखत हुन सकेको छैन। प्रहरीले मृतकको पहिचान खुलाउन आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार मृतकले गाढा निलो रंगको जिन्स पाइन्ट र पहेँलो रंगको कट्टु लगाएका थिए। उनको कपाल कालो, दाह्री–जुँगा भएको, श्याम्लो वर्ण, पातलो शरीर र उचाइ करिब ५ फिट ३ इन्च रहेको छ।

उनी तराई मूलका जस्तो देखिने करिब ३०–३५ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ। मृतकलाई चिन्ने वा उनको पहिचानबारे जानकारी भएका व्यक्तिलाई सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस