सरकारी हेलिकप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो बनाइयो : ओली

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २५, आईतबार (१३ घण्टा अघि)
  • ७१ पटक पढिएको
सरकारी हेलिकप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो बनाइयो : ओली

काठमाडौं,२५ असोज।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार नागरिकहरूप्रति उत्तरदायी नभएर स्टन्टबाजी केन्द्रित भएको आरोप लगाएका छन्।

पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारले एउटा सर्वदलीय समितिसम्म बनाउने फराकिलोपन समेत देखाउन नसकेको बताए।

उनले भने, ‘सरकारले पहिले भोटेकोशी, त्रिशुलीमा बाढी जाँदा सरकारले हेलिकप्टरको दुरुपयोग भएको छ। राहत, उद्धारका कार्य समयमा भएका छैनन्। यसपटक त्यो नदोहोरियोस्। सरकारले फराकिलो बनाओस्।

केही मन्त्रीहरूले सरकारी हेलिकप्टर कुनै संस्थाको निजी प्रोपर्टी जस्तो गरेर दुरुपयोग गरेको आरोप लगाए।

उनले थपे, ‘मानिलिऔँ कहिले हेलिकप्टर चढ्न नपाएको छ भने चढाउने अवसर मिले जस्तो गरेको देखियो। वैदेशिक सहयोगको उचित सदुपयोग गर्न सकिएन। समयमा स्वीकारिएन। जसले गर्दा अनावश्यक रूपमा उद्धारको अभावमा थुप्रै नागरिकहरूले ज्यान गुमाउनु परेको भन्न सकिन्छ। यसपल्ट त्यस्तो नहोस्।’

अरूलाई निषेध गरेर त्रिशुलीमा बेलीब्रिज हालियो भनेर एआईबाट बनाएको फोटो हालेर प्रचार गरेको टिप्पणी गरे।

ताजा अपडेट

खोजी गर्नुहोस