सुनको मूल्यमा भारी गिरावट, दुई दिनमै हजारौँ रुपैयाँले सस्तियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २७, मंगलबार (१६ घण्टा अघि)
  • ६५ पटक पढिएको
सुनको मूल्यमा भारी गिरावट, दुई दिनमै हजारौँ रुपैयाँले सस्तियो

रौतहट,२७ असोज।  मंगलबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार १ सय रुपैयाँ घटेको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस