रसिया जाने तयारीमा रहेका ८ नेपालीको यात्रा दिल्लीमै रोकियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ११, बिहिबार (७ मिनेट अघि)
  • १७ पटक पढिएको
रसिया जाने तयारीमा रहेका ८ नेपालीको यात्रा दिल्लीमै रोकियो

काठमाडौं,१० मंसिर। रसिया जान लागेका ८ नेपाली युवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट फर्काइएको छ। नेपाली दूतावासको पहलमा उनीहरुलाई फकाईएको हो।

नक्कली नो अब्जेक्सन लेटर लिएर उनीहरु रसिया जान लागेका थिए। त्यहाँको सेनामा भर्ती हुन लैजान लागिएको आशंकामा दूतावासले भारतीय अधिकारीसँग पहल गरेर उनीहरुलाई फर्काएको हो।

फकाइएका युवकहरुको पासपोर्ट लिएर छानबिन थालिएको नेपाली दूतावासका काउन्सेलर प्रकाश मल्लले बताए।

भिजिट भिसामा रसियामा नेपाली युवाहरुलाई लगेर त्यहाँ सेनामा भर्ती हुने गरेको छ। त्यसरी गएका धेरै युवकले ज्यान गुमाएका छन् भने कतिपय सम्पर्कविहिन छन्।

ताजा अपडेट

खोजी गर्नुहोस