ब्राउन सुगरसहित दुई युवक पक्राउ, एक जना फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ११, बिहिबार (५२ मिनेट अघि)
  • १२ पटक पढिएको
ब्राउन सुगरसहित दुई युवक पक्राउ, एक जना फरार

सिरहा,१० मंसिर। सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ। अर्का एकजना भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मंगलबार राति करिब १०ः३५ बजे मिर्चैया नगरपालिका–३ बलुवा टोलस्थित भित्री सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बलुवाबाट मिर्चैयातर्फ आउँदै गरेको प्रदेश २–०२–०१० प ३९८१ नम्बरको मोटरसाइकलमा तीन जना सवार रहेकोमा प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोज्दा दुईजना पक्राउ परेपनि अन्य एक जना फरार भएका थिए । मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा पहेँलो प्लास्टिकको पोका फेला परेको र उक्त पोकाभित्र २४.११० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ का १८ वर्षीय रजनीश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ का २० वर्षीय नितेश कुमार साह रहेका छन् । फरार हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ निवासी २० वर्षीय काशिन्द्र साह रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै युवक, बरामद लागुऔषध र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस