
वर्तमानकाल दैनिक,। रौतहट
कार्तिक १४ गते
रौतहटको गरुडा नगरपालिका वडा नं. ८ स्थित नयाँ प्रा.वि. बिर्तामा बाल तथा अपाङ्गता मैत्री ४ कोठे (दुई तले) भवन निर्माण हुने भएको छ।
अस्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RERP) सर्लाहीको साझेदारीमा सञ्चालित ‘मधेशको शिक्षा सुदृढीकरण (सिकाई पल्स)’ परियोजना अन्तर्गत उक्त भवन निर्माण हुन लागेको हो। भवनको कुल लागत करिब ६८ लाख रुपैयाँ रहेको छ।
शुक्रबार एक कार्यक्रमका बीच विद्यालयकी प्रधानाध्यापक बन्दना देवीको अध्यक्षता र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
शिलान्यास कार्यक्रममा भूतपूर्व गा.वि.स. अध्यक्ष शम्भु प्रसाद गुप्ता, संस्थापक विद्यालय अध्यक्ष शेख सल्लहुदिन, कौसर खान, शेख मिरहुसेन, शेख मजहर लगायत अभिभावक, शिक्षक र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
नवनिर्मित बाल तथा अपाङ्गता मैत्री भवनले विद्यार्थीलाई सुरक्षित, समावेशी र सहज सिकाइ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ।

उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
