एनपीएल-३ का ‘हीरा’ बने रौतहटका राहुल यादव

एनपीएल-३ का ‘हीरा’ बने रौतहटका राहुल यादव

 

रौशन कुमार चौधरी ।
कार्तिक १२ गते,रौतहट ।

नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-३ मा रौतहटका एक युवा खेलाडीले सबैको ध्यान तानेका छन्। बौधिमाई नगरपालिका–१ अजगैबीका राहुल यादव एनपीएलको नयाँ ‘हीरा खोज’ को रूपमा उदाएका छन्।

चन्द्रपुर नगरपालिका–८ स्थित बेतौना मैदानमा आयोजना गरेको ट्यालेन्ट हन्टबाट राहुलको खोज सम्भव भएको थियो। बेतौनाको स्थानीय मैदानबाट क्रिकेट यात्रा सुरु गरेका राहुल अहिले त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा चम्किएका छन्।

नेपाल प्रीमियर लिगको टिम जनकपुर बोल्टस बाट जीवनको दोस्रो टी-२० खेलमै उनले उत्कृष्ट प्रदर्शन गरेका छन्। ४ विकेट, २ क्याच र एकै दिनमा तीनवटा पुरस्कार – म्यान अफ द म्याच, उत्कृष्ट क्याच र इनर्जेटिक मोमेन्ट अफ द म्याच हात पार्दै उनले आफ्नो क्षमता प्रमाणित गरेका छन्।

स्थानीय मैदानबाट राष्ट्रिय स्तरको लिगसम्मको उनको यो यात्रा रौतहट र मधेशका हजारौं युवा खेलाडीका लागि प्रेरणा बनेको छ।

क्रिकेट विश्लेषकहरूले नेपाल क्रिकेट संघ (क्यान) ले प्रतिभा खोज्ने ‘ट्यालेन्ट हन्ट’ जस्ता कार्यक्रमहरूलाई देशभर अझै तीव्र बनाउनुपर्ने बताएका छन्। बेतौना जस्ता गाउँका मैदानमा राहुल जस्ता थुप्रै प्रतिभा लुकेका छन्, उनीहरूलाई अवसर मिले राष्ट्रिय क्रिकेटले ठूलो फड्को मार्ने विश्वास गरिएको छ।

राहुलको सफलताले रौतहटबासीलाई गौरवान्वित बनाएको छ। सामाजिक सञ्जालमा ‘वाह जियो मेरे भाई’ भन्दै उनलाई बधाईको ओइरो लागेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस