रौतहटको गौरमा एक मन्दिरको नगर प्रमुख गुप्ताद्धारा उद्घाटन ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २९, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
रौतहटको गौरमा एक मन्दिरको नगर प्रमुख गुप्ताद्धारा उद्घाटन ।


रौशन चौधरी । रौतहट जेठ २९ गते
रौतहटको गौरमा निर्माण सम्पन्न एक ब्रह्म भगवती मन्दिरको नगर प्रमुख अजय कुमार गुप्ताले उद्घाटन गर्न्ु भएको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर ७ सिसुवामा रहेको नव निर्मित सो मन्दिरकोे शनिबार एक कार्यक्रमकाबिच नगर प्रमुख गुप्ताले उद्घाटन गर्नु भएको हो । नव निर्मित ब्रह्म भगवति मन्दिरका वडा अध्यक्ष मजहर खानको अध्यक्षतामा उद्घाटन सम्पन्न भएको स्थानियले बताएका छन । उद्घाटन समापन पश्चात मन्दिरमा हुने विभिन्न क्रियाकलापहरु सञ्चालनमा ल्याइएको वडा अध्यक्ष खानले बताउनु भयो । कार्यक्रममा गौर नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु , पत्रकार लगायत बुद्धिजिविहरुको सहभागीतामा सम्पन्न भएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस