वाग्मतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, यादव शर्मा सिफारिस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ३, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
वाग्मतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, यादव शर्मा सिफारिस

३ भदौ, काठमाडौं । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस