देवताल गाउँपालिकामा स्थापना भएको प्रहरी चौकी कमाउ धन्दामा लागेको

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ४, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
देवताल गाउँपालिकामा स्थापना भएको प्रहरी चौकी कमाउ धन्दामा लागेको

अमरेस कुमार पाण्डेय कलैया, ३ बारा

देवताल गाउँ पालिकामा शान्ति सुरक्षा निमित्त गाउँपालिका अध्यक्ष चन्दन सिंहले प्रहरी चौकीको स्थापना गराएको सबै लाई जानकारी नै छ। प्रहरी चौकी देवताल स्थापना भए देखि सुवर्ण गाउँ पालिका चरमोहना प्रहरी चौकीमा बसेका प्रहरी सहायक निरीक्षक शेख रोहुलाह कमाउ धन्दामा लागेका स्थानिय हरु गुनासो गरेका छन। देवताल गाउँपालिका रहेको प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा को अनुभुति हुनुको साटो तस्करीको चहलपहल बढेको गुनासो स्थानिय बासिन्दाले गरेका छन। प्रहरी सहायक निरीक्षक रोहुलाह पहिला चरमोहना प्रहरी चौकी मा बसेको कारण तस्करी को सेटिङ्ग मिलेको छ साथै पुर्ण रुपले घरेलु मदिरा र बिभिन्न किसिमका समानहरु तस्करी गराई रहेका स्थानीयहरुले जानकारी दिएका छन। देवापुर प्रहरी चौकीसंग मिलेर तस्करी को सेटिङ मिलाएका शेख रोहुलाह ले आफ्नो मिलने प्रहरी जवान उमेश यादव लाई राखेका छन्। देवताल गाउँ पालिका बासिलाई सुरक्षा दिनुको साटो रातीको बेला पालिका मा गस्ति समेत न गरेको स्थानीय हरु जानकारी दिएका छन् प्रहरी सहायक निरीक्षक शेख रोहुलाह तस्करी को सेटिङ्ग मिलाउनमा ब्यस्त रहेका स्थानिय राजा सहनिले बताएका छन। यो बिषयमा स्थानिय पत्रकारहरु प्रहरी सहायक निरीक्षक शेख रोहुलाहसँग कुरा गर्दा तपाईहरु जस्तो पत्रकारहरु कुरा गर्ने तथा मैंले तपाईलाई किन प्रतिक्रिया दिईराख्ने भनि गुनासो स्थानिय पत्रकार अमरेश कुमार पाण्डेयले गरेका छन। प्रहरी नै भक्षक भई सकेपछि जनताहरु कस्को ढोका धकधकाउने भनि स्थानिय बुद्धजिविहरु कुरा गर्न थालेका छन।

ताजा अपडेट

खोजी गर्नुहोस