आइटी आर्मी र कटहरिया नपा अन्तर्गत बामपन्थी नेताहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ४, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
आइटी आर्मी र कटहरिया नपा अन्तर्गत बामपन्थी नेताहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामसरन यादव भदौ ४ गते रौतहट

जिल्लाको कटहरिया नगरपालिका कटहरिया स्थित तराई मधेश सहिद स्मृति सहिद प्रतिष्ठानको सभा हलमा शुक्रबार एक कार्यक्रम का बीच कटहरिया नगरपालिका भित्र रहेका वडा न १ देखि ९ सम्म सम्पूर्ण वाडाहरुको जनप्रतिनिधिहरुको रोहबरमा अहिलेको ब्रतमान राजनेतिको बारेमा गहन अन्तरक्रिया कार्यक्रम छलफल भएको छ। आइटी आर्मी रौतहट जिल्ला सयोजक नरेश प्रसाद साह तुरहाको अध्यक्षतामा कार्यक्रम सम्पन भएका छन् । सयोजक नरेश प्रसाद साह तुरहाले भने मुलुकमा व्याप्त भ्रष्टाचार, गरीब माथिको अत्याचार, खुलेआम लुटआतंक, बेथिति एवम् गलत शासन व्यवस्थाको विरुद्ध संघर्ष गर्दै देशमा समाजवादी ब्यवस्था स्थापना गर्ने अठोटका साथ आइ टि आर्मीको संघटन निर्माण गरिएको छ। अहिले रौतहटमा आइटी आर्मीको युवाहरुको मनोबल कस्तो हो । आइटी आर्मीको अहिले यसको प्रभाव कस्तो छ ? सकरात्मक हो कि नकरात्मक हो ? रौतहट एउटा नेपालकै चिर परिचित जिल्लाको एउटा छुटै पहिचान हो। नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आइटी आर्मी गठन वडा वडाहरुमा गठन गरिएको आइटी आर्मीको रौतहट जिल्ला सयोजक नरेस प्रसाद साह तुरहा बताएका छन् । उक्त कार्यक्रममा कटहरिया नापाको वडा अध्यक्षहरु राजकुमार साह, हरिभजन साह , नवध राय यादव, बामपन्थी नेताहरु राजनरायण साह , बिनोध साह , संकर यादव लगायतको स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा कार्यक्रम सम्पन भएका छन् । आइटी आर्मीको रौतहट सयोजक नरेश प्रसाद साह तुरहाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस