मालपोत गरूडाकाे प्रमुख प्रेमचन्द्र मिश्रको बिदाइ र नि.प्रमुख रूपमा रबिन्द्र कापर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १३, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
मालपोत गरूडाकाे प्रमुख प्रेमचन्द्र मिश्रको बिदाइ र नि.प्रमुख रूपमा रबिन्द्र कापर

राैशन चाैधरी । भदाै १२ गते ।
गरुडा मालपोत कार्यालयका कार्यालय प्रमुख प्रेमचन्द्र मिश्रको बिदाइ कार्यक्रम सम्पन्न भएकाे छ ।
रौतहट जिल्ला गरुडा नगरपालिका स्थित रहेको मालपोत कार्यालय प्रमुखको शुक्रवार एक कार्यक्रमका बीच बिदाइ भएको छ । करिब निजामति सेवामा ३८ वर्ष २ महिना २६ दिन कार्यरत रही गरुडा मालपोत कार्यालयमा १ वर्ष बसी अवकाश हुनु भएका अधिकृत श्री प्रेमचन्द्र मिश्रले आफ्नाे राम्राे कार्यकाल बिताइका हुन् । विदाइ कार्यक्रममा इलाका प्रसाशन कार्यालय गरुडको कार्यालय प्रमुख रामसोगारथ राय यादवको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित कार्यालय प्रमुख रबिन्द्र कापर तथा लेखापाल सरोज कुमार दासले दाेसाला ओढाइ मायाकाे चिनाे दिएकाे थियाे ।साे कार्यक्रममा मालपाेत कार्यालयकाे नायब सुब्बा अरुण कुमार साह, रामबाबू साह, अरविन्द राय यादव, आशिस कुमार साह, अम्रेद्र चौधरी, रबिन्द्र यादव, अरुण कुमार पाण्डे, रामनारायण यादव, बिरेन्द्र राय यादव, मिश्रीलाल साह लगायतकाे कर्मचारीहरू तथा लेखापढी व्यवसायी संघको अध्यक्ष चन्द्रदेव प्रसाद साह, रामप्रवेश पाण्डे र सम्पूर्ण लेखापढी व्यवसायी संघका पदाधिकारीहरू र सेवाग्राहीको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस