
|Freedom arms breaking the chains of slavery pop art retro style. Human rights. The struggle for freedom. Prisoner breaks the chain
ओम प्रकाश यादव
गरुडा समाचारदाता
रौतहटमा अबैध लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध नाईट्रोभेट टयाबलेट सहित जिल्लाको गौर नगरपालिका वडा नं. ४ टिकुलियाका १९ वर्षिय सन्तोष ठाकुरलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले शनिवार साँझ ७ बजेको समयमा एक रात्री बसमा सवार रहेको अवस्थामा ठाकुरलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
जिल्लाको यमुनामाई गाँउपालिका वडा नं. ५ बमनहरमा पैदल यात्रु तथा सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा गौरबाट काठमाण्डौ तर्फ गईरहेको ना ७ ख १९४१ नम्बरको यात्रुबाहक रात्री बसलाई रोकी चेकजाँच गर्दा सोही बसमा सवार रहेका ठाकुरलाई लागुऔषध सहित पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी नारायण प्रसाद चिमोरियाले बताए ।
ठाकुरको साथबाट १ सय २ पिस नाईट्रोभेट ट्याबलेट र १० पिस डाईजोपाम एम्पुल बरामद भएको डिएसपी चिमोरियाले बताए ।
ठाकुरले आफना पाईन्टको खल्तीमा लुकाएर राखेकोे अवस्थामा लागुऔषध फेलापरेपछि उनलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका ठाकुरलाई जिल्ला अदालत गौरबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
