रौतहट जिल्लामा छ्याप्छ्याप्ती अवैध भारतीय गुट्खा, रहेन सरकारी निकायको ध्यान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २८, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
रौतहट जिल्लामा छ्याप्छ्याप्ती अवैध भारतीय गुट्खा, रहेन सरकारी निकायको ध्यान

रमेश कुमार यादब
भदौँ २८,रौतहट
रौतहटका बिभिन्न ठाउँका युवा तथा बालबालिकाहरु पनि पान मसालामा लिन हुदैँ गईरहेको छ । पान मसालाको सेवनले स्वास्थ्यमा हानिकारक हुने थाहा हुदाहुदैँ पनि यस कुलतमा लागेको जानकारहरुले बताएका छन । जसको सेवनले शरिरका बिभिन्न किसिमको रोग जस्तै क्यानसर ,मुख गनहाउने ,मुखमा ठुलो ठुलो फोरा हुने जस्ता रोगले अधिकाँश ब्यतिmहरुको निधन पनि भएको छ । तराई मधेसका जिल्लाहरूमा अत्याधिक मात्रामा प्रयोग हुने सुर्तीजन्य बस्तुको आयातमा ठूलो परिमाणमा राजश्व ठगी हुने गरेको पाइएको छ।भारतमा उत्पादित सुर्तीजन्य बस्तुको आयातमा पसलेले भन्सार छलेर ल्याउने क्रम बढदै गएपछि ठूलो परिमाणका राजश्व गुम्ने गरेको हो। प्रदेश २ का रौतहट ,बारा ,पर्सा ,सर्लाहि ,धनुषासहितका प्रायजसो जिल्लाका स्थानीय बजारमा दैनिक लाखौं रुपैयाँको कारोबार हुने भारतीय गुट्खाको नेपाल सरकारले राजश्व पाउन सकेको छैन । भन्सार कार्यालयकै अगाडिबाट भारतमा उत्पादित सुर्तीजन्य पदार्थ नेपाल भित्र्याउदा भन्सार कार्यालय बाहिर रहेका कर्मचारीले थोरै रकम लिएर भन्सार नकाटी पठाइदिँदा भारतीय बस्तुहरू निर्वाद रुपमा भित्रिरहेका छन्। भारतबाट अवैध रुपमा भन्सार छलेर गरि ल्याउने राजनिवास, पराग, रजनीगन्धा, पान पराग, डबल मज्जा, भोला,सुद्धधन ,पुकारलगायतका सुर्तीजन्य पदार्थ हरेक पसलमा छ्याप्छ्याप्ती पाइन्छन्।भारतीय अवैध गुट्खा तथ पानमसालाहरू भित्रिँदा नेपालमा राजस्व तिरेर सञ्चालन गरिरहेका सुर्तीजन्य उद्योगलाई प्रत्यक्ष असर परिरहेको छ। आन्तरिक राजस्व विभागलाई सुर्ती खैनी, गुट्खा, पान मसलामा स्टीकर टाँस भए नभएको र स्वास्थ्य सम्बन्धी चेतावनीमूलक सन्देश र चित्र अंकित भए नभएको हेर्ने, नियमानुसार नभएको देखिए जफत गर्ने अधिकार भएपनि अनुगमन भने कहिलै हुँदैन । भारतीय तथा नेपाली व्यापारीमार्फत प्रदेश २ का जिल्लाहरूसँग सीमा जोडिएका विभिन्न खुल्ला नाकाहुँदै बिना भन्सार सहजै नेपाल भित्रिने गुट्खाको मात्र भन्सारले राजश्व असुल्न सक्ने हो भने दैनिक हजारौं रुपैयाँ राजश्व संकलन हुने गौरको स्थानिय व्यापारी नागेन्द्र साहले बताए। सुर्तीजन्य पदार्थको कारोबारका लागि आन्तरिक राजश्व कार्यालयबाट लाइसेन्स लिएर मात्र कारोबार गर्नुपर्ने प्रावधान छ । खुला सीमाको फाइदा उठाउँदै प्रहरी र कर्मचारीकै मिलेमतोमा विभिन्न नाकाबाट तस्करी हुने गरेको स्थानीयको आरोप छ। कानुन मिच्दै सुर्तीजन्य पदार्थको अवैध बिक्री भइरहँदा पनि प्रशासन मौन छ। भारतीय क्षेत्रमा केही वर्ष अघि गुट्खा कम्पनीहरूलाई त्यहाँको सरकारले कडाइ गरेपछि नेपाली बजारमा गुट्खाका थुप्रै कम्पनी खुलेका छन्।प्लास्टिकको प्याकेटमा गुट्खा बेच्न नपाइने नियम भारतीय प्रशासनले लगाएपछि नेपाली बजारमा गुट्खा कम्पनी फस्टाएका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुखको रुपमा काज सम्हाल्दै आईरहेका डिएसपि नरायण प्रसाद चिमोरियाले राजस्व छल्दै अनुमति बिना तथा नेपाल सरकारले तोकेको मापदण्ड विपरित बिक्री वितरण भइरहेका पान किंग र भोला गुट्खाबारे जानकारी संकलन गर्ने काम भइरहेको जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस