प्रतिबन्धित भारतीय नोट सहित शर्मा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २९, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
प्रतिबन्धित भारतीय नोट सहित शर्मा पक्राउ

पवन प्रसाद साह
पर्सा/२९ भादौ
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको हरियो रंगको अपाचे मोटरसाइकललाई रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.४ बस्ने वर्ष २५ को अजय कुमार शर्माले पछाडि भिरेको झोलामा प्रतिबन्धित भारतीय रू.५०० को दरको नोट-२९६ थान रु.१०० को नोट-५ थान गरी जम्मा रु.१,४८,५००।– ( एक लाख अड्चालीस हजार पाँच सय ) फेला पारी उक्त रकम बरामद गरी उल्लेखित मो.सा.सहित निजलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस