रौतहट लगायत देशभरीका शिक्षकहरुले जनाए सङ्केतिक विरोध प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १४, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
रौतहट लगायत देशभरीका शिक्षकहरुले जनाए सङ्केतिक विरोध प्रदर्शन

सुरज नारायण झा, रौतहट । राैतहट जिल्ला लगायत देशै भरी का शिक्षक र विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरूले कालोपट्टी बाँधेर साङ्केतिक विरोध जनाएका छ्न् ।

नेपाल सरकारले शिक्षकहरूसँग गरेको व्यवहार, विभेद, नीति र कार्यको विरोध स्वरुप निजामती कर्मचारी सरह सेवा सुविधा हुनुपर्ने माग का साथ हातमा कालोपट्टी बाँधेर बिहीबार श्री माध्यमिक विधालय गरुडाकाे शिक्षकहरुले साङ्केतिक विरोध जनाएका छन् । सबै शिक्षक समुदायको हकहितको लागि जोडदार माग गरेका छ्न् ।

नेपाल सरकारले हाल घोषणा गरेको निजामती कर्मचारी का लागि १० दिने भ्रमण बिदा शिक्षकहरुले पनि पाउनु पर्ने भन्दै देशैभरीका शिक्षकहरु लगायत रौतहटको शिक्षहरु पनि कालोपट्टी बाँधेर आन्दोलित भएकाछ्न् । रौतहटको मध्य भाग गरुडामा अवस्थित श्री माध्यमिक विद्यालयको प्र.अ प्रभु राउत पटेल सहित विद्यालयका शिक्षकहरु शिवशंकर झा, देवेन्द्र चौधरी, नन्दू यादव, रामएकवाल पंडित, सियाराम साह लगायत अन्य शिक्षक शिक्षिकाहरु पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्नुभएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस