राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न।

वीरगञ्जरपवन प्रसाद साह

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
परिचयात्मक कार्यक्रम मा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को नव निर्वाचित जिल्ला अध्यक्ष अंगद ठाकुर ले मन्तब्य ब्यक्त को क्रममा म लाइ र पार्टी लाइ सहयोग गर्ने अगुवा कार्यकर्ताहरुलाई शुभकामना तथा बधाई समेत दिएका थिए। मन्तब्य कै क्रममा केन्द्रीय हरु शम्भु प्रसाद चौरसिया, विश्वनाथ साह,गया हजरा दुसाध, अर्जुन बहादुर सिंह ठकुरी, लगायत ब्यत्किहरुले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरेका थिए।
सो कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को नव निर्वाचित जिल्ला अध्यक्ष अगंद ठाकुर को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी को केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसिया, गया हजरा दुसाध, विश्वनाथ साह, अर्जुन बहादुर सिंह ठकुरी, जिल्ला सदस्यहरु अवध साह ,बिजय पासवान लगायत वीरगञ्ज महा नगर अध्यक्ष जलेश्वर सरार्फ, पर्सागढी नगरपालिका को नगर अध्यक्ष रोसन यादव लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण पार्टी का जिल्ला सचिव अजय पौडेल ले गर्नु भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस