आज राउतले विश्वासको मत लिने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २०, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
आज राउतले विश्वासको मत लिने

जनकपुरधाम ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा विश्वासको बुधवार विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधान अनुसार राउतले विश्वासको मत लिन लागेको हो । नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ । भदौ ९ गते जनता समाजवादी पाटी(जसपा) विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टीको प्रमाण पत्र निर्वाचन आयोगले दिएको थियो । तर जसपाले जनप्रतिनिधीहरुलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौ सम्म तोकेकाले त्यसलाई दलको विभाजनको अन्तिम मिति मानेर २० असोज मा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । प्रदेश २ मा जसपा ३८, नेपाली काँग्रेसको १९ र नेकपा माओवादी केन्द्रको ८ सांसद सहित गठबन्धनको सरकारको छ । १३ जना सांसद रहेको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई समर्थन गरेको छ । रिजवान अन्सारी नेतृत्वको नेपाल संघिय समाजवादी पार्टी नेपालको १ र स्वतन्त्र १ सांसदको समेत राउतलाई समर्थन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस