दुर्गा भगवती गाउँपालिकाकाे अध्यक्ष साह द्वारा सभाहलको उदघाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २०, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
दुर्गा भगवती गाउँपालिकाकाे अध्यक्ष साह द्वारा सभाहलको उदघाटन

रोशन चौधरी । रौतहटको दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले सभाहलको आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ ।

दुर्गा भगवती गाउँपालिका वडा नं. २ स्थित श्री सरवसती उच्च माध्यमिक विधालय पिपरा भलोहियाको नवनिर्मित सभाहलको गाउँपालिका अध्यक्ष साहले विश्व शिक्षक दिवसको अवसरमा उद्घाटन गरेका हुन ।

सभाहलको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष साहले आफूले अक्षर चिनेको विद्यालयमा सुविधा सम्पन्न सभाहलको निर्माण गर्न पाउँदा खुसि लागेको बताए । उनले भने–‘यहाँहरुले चाहेमा यसलाई अझ नमूना विद्यालयको रुपमा लैजान सकिन्छ ।

गाउँपालिका अध्यक्ष साहले सरवसती उच्च माध्यमिक विधालय पिपरा भलोहियामा विकासको लागि आर्थिक, शैक्षिक, नैतिक र भौतिक तरिकाले सहयोग गर्ने बताउनुभयो । गाउँपालिका भित्र कृषि, खानेपानी लगायतका क्षेत्रमा समेत विभिन्न योजनाहरु सञ्चालन गरिरहेको भन्दै सञ्चालनमा रहेका योजनाहरुलाइ नियमन र अनुगमन गर्नेे उनले बताए ।
सो सभाहल दुर्गा भगवती गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको श्री सरवसती उच्च माध्यमिक विधालय पिपरा भलोहियाका प्रधानाध्यापक तेजनरायन साहले बताए ।

कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका उपाध्यक्ष मन्जु देवि , दुर्गा भगवती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुरेश चौधरी, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक लगायतका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियोे ।

सोही क्रममा दुर्गा भगवती गाउँपालिकाले बिश्व शिक्षक दिवस पनि मनाएका छन् । दुर्गा भगवती गाउँपालिकाले शिक्षक शिक्षिकाहरुलाइ सम्मान गरि बिश्व शिक्षक दिवस पनि मनाएका छन् । गाउँपालिका अध्यक्ष साहले गाउँका भित्रका शिक्षक शिक्षिकाहरुलाइ सम्मान गरेका हुन् ।

साथै गाउँपालिकाले बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालयका किशोरीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेका छन् । गाउँपालिकाले बिधालयका किशोरीहरुलाइ विभिन्न स्टेसनरीका सामाग्रीहरु वितरण गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस