बाराको महागढीमाई नगरपालिकालाई शिक्षाको हब बनाउने : उपेन्द्र प्रसाद यादव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २०, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
बाराको महागढीमाई नगरपालिकालाई शिक्षाको हब बनाउने : उपेन्द्र प्रसाद यादव

दिपेन्द्र जयसवाल, बारा । बाराको महागढीमाई नगरपालिकालाई शिक्षाको हब बनाउने महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन । लोक सेवा आयोग,शिक्षक सेवा आयोगको तयारी कक्षा समुदघाटन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख यादबले यस्तो बताएका छन । नगर प्रमुख यादवले यस भेगका प्राय सबै जसो बिद्यार्थी उच्च शिक्षाका लागि अन्य प्रदेश,जिल्ला,शहरमा जानुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न मैले यो नगरलाईनै शैक्षिक हबको रुपमा बिकसित गर्दै लाने गरि योजना बनाएर सो उदेश्य प्राप्तिका निमित लागिपरेको बताएका छन । हाम्रो नगरका जेहेन्दार बिद्यार्थीहरुलाई सरकारी जागिर खान सजिलो होस् भनेर सोमा सहयोग गर्ने उदेश्यले विभिन्न खालका लोक सेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सन्चालन गर्न लागेको मेयर यादबले बताएका छन् । मेयर यादबले शिक्षाभित्र आफूले कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप नसहने बताउदै कुनै प्रकारको राजनितीक हस्तक्षेप भए आफुलाई डाईरेक्ट भन्न बताएका छन् । आफू सङ्ग बारम्बार नगरका न्यून आय भएका अभिभावकले यस्तो कार्यक्रम ल्याएर आ आफ्नो बच्चाको भबिस्यलाई उज्यालो तर्फ लग्न आग्रह र सल्लाह सुझाव दिदा आफुले त्यसलाई सम्बोधन गरेको नगर प्रमुख यादबले जनाए । नगर प्रमुख यादबले नगरपालिकाले संचालन गरेको निशुल्क तयारी कक्षालाई उपलब्धी मूलक रुपमा बनाउन सबै बिद्यार्थी तथा शिक्षक प्रशिक्षक लाई निर्देशन दिएका छन । यादबले निशुल्क रुपमा सन्चालन गरिने तयारी कक्षालाई प्राय गरि ख्याल ठट्टामा उडाउने गरेकोले यो कार्यक्रमलाई त्यसरी नलिन समेत निर्देशन गरे । महागढिमाई फाउन्डेसन नेपाल र लायन्स क्लब अफ महागगढिमाईको संयुक्त आयोजना तथा महागढिमाई नगरपालिकाको आर्थिक सहयोगमा उक्त तयारी कक्षा शुरु हुन लागेको आयोजक संस्थाका सचिव तथा कार्यक्रमका सभापती जियालाल प्रसाद कुशवाहाले जनाकारी दिएकी छन् । सोही अवसरमा वडा दशैँ दिपावली तथा छठको शुभकामना आदानप्रदान गरिएको थियो । उक्त कार्यक्रममा प्रदोश सिंह, जगदिश कुशवाहा, महेन्द्र साह, असर्फी साह, राजेन्द्र साह, अजय सिंह, बसुन्दरा गैरे, नेजाबुल अन्सारी, मनोज चौरसिया, ओमनारायण चौरसिया, जयराम कुशवाहा, सन्तोश कुशवाहा, उपेन्द्र कुशवाहा, सुनिल कुशवाहा, बुद्धिजीवी शिक्षाप्रेमी, अभिभावक, नगरबासी सहितकाको उपस्तिथि रहेको थियो । ज्ञानप्रकाश रौनियारले सन्चालन गरेको कार्यक्रममा स्वागत लायन्स क्लब महागढिमाईका अध्यक्ष ओमनारायण चौरसियाले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस