बाराको परवानीपुर गाउँपालिका वडा नम।३ लिपनी परवानीपुरमा बडा दशै ,तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २३, शनिबार (४ साल अघि)
  • ६ पटक पढिएको
बाराको परवानीपुर गाउँपालिका वडा नम।३ लिपनी परवानीपुरमा बडा दशै ,तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दिपेन्द्र जयसवाल,बारा

परवानीपुर युवा समाजको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
परवानीपुर युवा समाजका अध्यक्ष धनराज गुप्ताको अध्यक्षतामा र नेकपा एमाले बारा अध्यक्ष देवनारायण चौधरीको प्रमुख अतिथ्यता कार्यक्रममा सम्पन्न भएको युवा समाजले जनाएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले परवानीपुर युवा समाजले समाजमा मौलाएको विकृति विरुद्ध एकजुट हुन आग्रह गरेका थिए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य जयप्रकाश यादवले राजनीतिको नाममा मौलाएको समाजिक विकृति विरुद्धमा लाग्न युवाहरुलाइ आग्रह गरे । नेकपा एमाले प्रदेश कमिटी सदस्य रामपाल युवाले समाज युवा बिना अगाडि बढ्न नसक्ने भएकाले एकताबद भएर लाग्न बताएका छन् ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य अमर यादव, नेताहरु रामक्षेत्री पटेल , भदइ मिया ,नेपाली काङ्ग्रेसका नेता शिव शंकर पटेल, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशान्त यादव , युवा समाजका उपाध्यक्ष गोविन्दा यादव , सचिव हुलास यादव , सदस्य डाक्टर अशोक यादव , अदेश यादव , राजेश यादव , लगायतकाले मन्तव्य राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस