लागूऔषधसहित दुई भारतीय पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २४, आईतबार (४ साल अघि)
  • ७ पटक पढिएको
लागूऔषधसहित दुई भारतीय पक्राउ

कलैया । लागूऔषधसहित बारा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप– महानगरपालिका वडा न.७ स्थित वीरगंज–पथलैया सडकखण्डमा बीरगंजबाट काठमाण्डु जाँदै गरेको ना.६ ख ६३७७ न.को यात्रु बाहक बसमा चेकजाँच गर्ने क्रममा दूबै जना पक्राउ परेका हुन् । डसनाभित्र लुकाई छिपाई ल्याउदै गर्दा लागूऔषधसहित भारत बिहार पुर्बी चम्पारण मोतिहारी सिसुवा बस्ने बर्ष २९ को मुन्ना कुमार र ३५ वर्षीय मुनिलाल कुमारलाई पक्राउ गरिएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिएका छन् । उनीहरुले डसनामा लुकाएका डाईजेपाम ६ सय गोटा ,फेनारगन ६ सय गोटा, नुफिम ६ सय गोटा बरामद गरिएको हो प्रवतmा मिश्रले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस