दिपेन्द्र जयसवाल,बाराक्याम्पस संचालन र शुल्क छुटको माग गर्दै अनेरास्ववियुको क्याम्पस प्रशासनलाई ध्यानाकर्षण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २४, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
दिपेन्द्र जयसवाल,बाराक्याम्पस संचालन र शुल्क छुटको माग गर्दै अनेरास्ववियुको क्याम्पस प्रशासनलाई ध्यानाकर्षण

राजिव शाह ।
सर्लाही सदरमुकाम मलंगवा स्थित रहेको सर्लाही क्याम्पस संचालन गर्न र शुल्क छुटको माग गर्दै बिद्यार्थी संगठनले क्याम्पस प्रशासन विरुद्धमा प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ । कोरोना महामारीको कारण नेपाल सरकार को निर्देशन अनुसार विभिन्न संघसंस्था बन्द गरिएको थियो तर बिस्तारै बिस्तारै कोरोना महामारी नियन्त्रणमा भएको कारण अब विभिन्न सरकारी कार्यालयको पठन पाठन सञ्चालन गरिएको छ, तर मलंगवा स्थित सर्लाही क्याम्पसले खोल्न केही चासो नदेखिएको भन्दै अनेरास्ववियु सर्लाही क्याम्पस कमिटिको क्याम्पस सञ्चालन गराउनका साथै कोरोना अवधिको शुल्क छुट गरी ७ दिन भित्रमा सर्लाही क्याम्पस पूर्ण रूपमा खोली पठन पाठन सुरु गर्न माग गरिएको बिद्यार्थी नेता अमित कुमार चौधरीले बताए । अनेरास्ववियु सर्लाही क्याम्पस कमिटिका अध्यक्ष धर्मेन्द्र राय नेतृत्वमा शुक्रबार बिद्यार्थी संगठनले क्याम्पस प्रशासन विरुद्धमा प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको हो । क्याम्पस संचालन गराउन र शुल्क छुट नगरे कडा आन्दोलन गर्न बाध्य हुने जानकारी क्याम्पस कमिटीका अध्यक्ष रायले जानकारी दिए । असोज २४ नेपाली काँग्रेस निजगढका सचिव आशिष तामाङले विपन्न परिवारलाई कपडा वितरण गरेको छ । तामाङले वडा नम्बर ९ स्थित गणेश नगर टोलमा आर्थिक रूपमा विपन्नहरूलाई कपडा वितरण गरिएको हो । विजयादशमीको अवसरमा विपन्न परिवारका नागरिकहरूलाई नयाँ कपडा वितरण गरेको तामाङले बताएका छन् । वडा नम्बर ९ का ३० घर परिवारलाई पाइन्ट , टिसर्ट , टोपी , लगायत अन्य विभिन्न कपडाहरू वितरण गरेको सचिव तामाङले जनाएका छन् । टोल विकास संस्थाको समन्वयमा सो टोलका आर्थिक अवस्था कमजोर भएका घरपरिवार छनोट गरी दशैँको लागी कपडा वितरण गरिएको टोल विकास संस्थाका सचिव साजन लामाले बताउनु भयो । दशैको लागी कपडा पाएपछि खुसी व्यक्त गर्दै स्थानीयले राहत महसुस गरेको जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस