जनता समाजवादी पार्टीलाई ठुलो झट्का , नेकपा माओवादी केन्द्रमा दर्जनौ कार्यकर्ताहरु गरे प्रवेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक ५, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
जनता समाजवादी पार्टीलाई ठुलो झट्का , नेकपा माओवादी केन्द्रमा दर्जनौ कार्यकर्ताहरु गरे प्रवेश


प्रदीप दास ,रौतहट ।
कार्तिक ०४ गते , बिहिबार ।

रौतहट जिल्लाको कटहरिया नगरपालिकाका जनता समाजवादी पार्टीका क्षेत्रिय अध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका मुस्लिम मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य नसरूदिन अंसारीको सक्रियतामा र केन्द्रीय सदस्य तथा रौतहट जिल्ला ईञ्चार्ज यूवराज भटराईको बिशेष पहलमा नेकपा माओवादी केन्द्रमा १ दर्जन भन्दा बढी नेता कार्यकर्ताहरूले पार्टी प्रवेश गरेका छन ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका १ दर्जन भन्दा बढी जनता समाजवादी पार्टीका क्षेत्रिय अध्यक्ष रामाकनत चौरसिया , कटहरिया नगरपालिका जसपाका नगर अध्यक्ष दुर्गा साह लगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यस्तै , शंकर साह सोनार, भिखारी साह , फेकु यादव, शेख मजरुल हक लगायतका व्यक्तिहरु प्रचण्ड निवास खुमलटारमा पूर्व प्रधानमंत्री एवम पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माला , टिका र गामछा ओठाई पार्टी प्रवेश गराएका हुन् । नव प्रवेशि कार्यकर्ताहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनु भएको कटहरिया नगरपालिकाका नगर उप ( प्रमुखकी स्वकीय सचिव रामाधार यादवले बताएका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस