गरुडा नगरपालिकाको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले रामबाबु राय यादव ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक ५, शुक्रबार (४ साल अघि)
  • ६ पटक पढिएको
गरुडा नगरपालिकाको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले रामबाबु राय यादव ।


ओम प्रकाश यादव
कार्तिक ४ गते, रौतहट ।

रौतहटको गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रामबाबु राय यादवले सम्हालेका छन ।
नगरपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमको विदाई भएपछि स्वास्थ्यकर्मी रामबाबु यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन ।
सोही नगरपालिकामा स्वास्थ्यकर्मीको रुपमा काम गर्दै आएका यादवले विहिवारदेखी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृत आलमको जिम्मेवारी खोस्दै आलमको ठाउँमा यादवलाई जिम्मेवारी दिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले गरुडा नगरपालिकाको कार्यभार सम्हालेका छन । विहिवारदेखी गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका रामबाबु यादवलाई भव्य स्वागत गरिएको छ ।
कार्यभार सम्हालन कार्यालय आएका बेला उनलाई नगर प्रमुख इनु राय यादव, कर्मचारी, जनप्रतिनिधि लगाएत स्थानीय राजनैतिककर्मीहरुले फुल, माला, दोसला र अबीर लगाएत भव्य स्वागत गरेका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालदै यादवले अबको एकसाता भित्रमा बालपोष्ण भत्ता, जेष्ठ नागरिक, अपांग र एकल महिला भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका छन ।
विभिन्न कारणले लामो समयदेखी बालपोष्ण भत्ता, जेष्ठ नागरिक र एकल महिला भत्ता वितरण हुन नसक्दा बालबालिका र वृद्धवृद्धालाई समस्या हुँदै आएको छ तर नगरपालिकाका प्रमुख हाकिमको जिम्मेवारी सम्हालेकै दिन रामबाबु यादवले एकहप्तामा बालपोष्ण, अपांग र वृद्धवृद्धाको भत्ता वितरण गर्ने आश्वासन दिएपछि बालबालिका र वृद्धवृद्धाहरु खुसी भएका छन ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले कार्यालय समय विहान १० बजेदेखी बेलुका ५ बजेसम्म काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन ।
विहान १० बजेदेखी बेलुका ५ बजेसम्म डिउटी नगर्ने कर्मचारीलाई विभागीय कार्यवाही गर्ने अधिकृत यादवले चेतावनी दिएका छन ।
नगरपालिकालाई समृद्ध र विकसित बनाउने लक्ष्यका साथ आफु निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको बताउँदै उनले आफनो कार्यकालसम्म नगरपालिकालाई देशमै चिनाउने गरी काम गरेर नगरलाई सुखी, सम्पन्न, समृद्ध र नमुना बनाउने उदघोष गरेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस