
रमेश कुमार यादब कार्तिक ०५,रौतहट
खानेपानी तथा ढलनिकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अमानबीय दुव्र्यबहार गर्ने नोताकार्यकर्ता छुट्टाउन जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले प्रेश बिज्ञप्ति निकालेका छन । हिजो प्रदेश २ को राजधानी जनकपुर स्थित नेपाल खानेपानि तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुश्वाहालाई ढल निकासको काममा अनियमितता गरेको र ढलको पानि निकास नभएको भन्दै कार्यालयबाट निकाली अर्धनग्न अवस्थामा सहरको परिक्रमा गराएका थिए । परिक्रमा गराएका र अमानबिय कुरा गरेको भन्दै जनमत पाटीका बिभिन्न नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेका छन । शुक्रबारका दिन जनमत पाटीका जिल्ला समन्वय समिति रौतहटका जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादबद्धारा हस्ताक्षर बिज्ञप्ति मार्फत पक्राउ परेका जनमत पाटी धनुषाका जिल्ला अध्यक्ष ओम बिक्रम कुश्वाहा लगायत सम्पुर्ण नेता कार्यकर्तालाई तत्काल बिना सर्त रिहाईको मांग गरेका छन । प्रदेश नं.२ को राजधानी जनकपुरमा चरम भ्रष्टचार र बेतिथिको बिरुद्ध जनमत पार्टी धनुषाद्धारा शान्तिपुर्ण प्रदर्शन र स्थानिय आम जनताद्धारा भएको जनकारवाहीको पुर्ण समर्थन गदै मुठिभर कर्मचारी ,नेता ,ठे्केदारहरुले मधेशमा ब्यापक गरेको गुण्डा राज ,जंगल राज र चरम भ्रष्टाचार बिरुद्ध जनकारवाहीको बिकल्प नरहेको ठहर गर्दै जनमत पार्टीका कार्यकर्ताहरुलाई तयार रहन जनमत पार्टीका जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादबले आग्रह गरेका छन । साथै पक्राउ
