राैतहटमा कार दुर्घटना हुँदा ४ जना भारतीय नगरिकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक २८, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
राैतहटमा कार दुर्घटना हुँदा ४ जना भारतीय नगरिकको मृत्यु

कृष्ण तिवारी ।
कार्तिक २८ गते ।

रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नगरिकको मृत्यु भएकाे हो।
चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको यू.के.१२सी २९०० नम्बरकाे कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको कार सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको थियो।
बम नहर नजिकै नियमित ड्युटीमा रहेको प्रहरीले कार दुर्घटना भएर गहिरो पानीमा डुबेको देखेपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट थप मद्दत मगाई पानीमा डुबेको कारको सीसा फुटाएर कारभित्र रहेकाहरुलाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भइसकेको प्रहरी प्रमुख एसपि बिनोद घिमिरेले बताएका छन्। मृतकहरुको सनाखत हुन सकेको छैन। चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।
दुर्घटनाग्रस्त भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालेका छन्। मदिरा सेवन गरेर गाडी चलाएकोले तीव्र गतिमा आउँदै गरेको कार दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस