प्रचण्डकाे सोमबार रौतहट आउने कार्यक्रम स्थगित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक २८, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
प्रचण्डकाे सोमबार रौतहट आउने कार्यक्रम स्थगित


कृष्ण तिवारी ।
रौतहट। २८ कार्तिक ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको सोमबार रौतहट आउने कार्यक्रम स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डको स्वास्थ अवस्था ठिक नभै वहाँ अस्पताल भर्ना भएकाले स्थानीय कटहरिया बजारमा भोलि निर्धारण भएको उनको संबोधनको कार्यक्रम स्थगित गरिएको हो। माओवादी जिल्ला पार्टी कमिटी रौतहटको आइतबारको बैठकले अध्यक्ष प्रचण्डको शिघ्र स्वास्थलाभको कामना समेत गरेको छ।
बैठकमा सहभागी माओवादीका केन्द्रिय सदस्य समीर भट्टराईले प्रचण्ड उपचारको क्रममा अझै ५ दिन अस्पताल रह्नुपर्ने डाक्टरको सल्लाह आएपछि सोमबार हुने संबोधनको कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस