सुदूरपश्चिमका ३८० वडामा माओवादी केन्द्रको नेतृत्व चयन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ६, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
सुदूरपश्चिमका ३८० वडामा माओवादी केन्द्रको नेतृत्व चयन

६ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३ सय ८० वडामा सम्मेलन सम्पन्न गरेको छ ।८८ स्थानीय तहका कुल सात सय ३४ वडा रहेको सुदूरपश्चिममा तीन सय ८० मा वडा सम्मेलन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष शरदसिंह भण्डारीले आइतबारसम्म तीन ८० वडामा सम्मेलन सम्पन्न गर्दै सर्वसम्मत रुपमा वडा कमिटि चयन गरिएको जानकारी दिए ।भण्डारीका अनुसार कैलालीका एक सय २३ वडामा अध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारी समेत गरेर दुई हजार चार सय ७४ सदस्यीय कमिटि चयन गरिएको छ भने कञ्चनपुरका ४३ वडामा एक हजार दुई सय ४७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।उनले डोटीका ३७ वडा र बझाङका ३७ वडामा सामान एक हजार ३७ सदस्यीय कमिटि चयन गरिदा दार्चुलाका ३६ वडामा एक हजार ४४ सदस्यीय कमिटि बनेको छ । बैतडीका ३३ वडामा ९ सय ५७, डडेल्धुराका २९ वडामा ८ सय ४१, बाजुराका २८ वडामा ८ सय १२ र अछामका १४ वडामा चार सय ६ सदस्यीय वडा कमिटि सर्वसम्मत भएको छ ।सम्मेलन सम्पन्न भएका तीन सय ८० वडाका कमिटिमा कुल ९ हजार ९ सय २७ जना अटाएको माओवादी केन्द्रले जनाएको छ । बाँकी रहेका तीन सय ५४ वडामा सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने गरेर सम्मेलन जारी राखिएको छ ।विशेषगरी सुदूरपश्चिममा लाग्ने मेला, जात्राका कारण पहाडी जिल्लाका अधिकांश वडामा सम्मेलन गर्न बाँकी रहेको प्रदेश अध्यक्ष भण्डारीले बताए ।उनले मंसिर ८ गतेभित्र वडाको सम्मेलन सम्पन्न गरेर ११ गते पालिकास्तरको सम्मेलन गर्ने कार्यसूची तय गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस