भारतले सीमाभित्रै पसेर कारबाहीको धम्की दिएपछि पाकिस्तानले भन्यो– अविवेकी अभिव्यक्ति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ७, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
भारतले सीमाभित्रै पसेर कारबाहीको धम्की दिएपछि पाकिस्तानले भन्यो– अविवेकी अभिव्यक्ति

६ मंसिर, काठमाडौं । पाकिस्तानको विदेशमन्त्रालयले भारतीय रक्षामन्त्रीको एक अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएको छ ।पाकिस्तानी विदेशमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले शनिबार दिएको एक अभिव्यक्ति ‘गैर-जिम्मेवारीपूर्ण, उक्साउने खालको र अविवेकी’ भएको प्रतिक्रिया दिएको हो ।भारत सरकारले आफ्ना छिमेकी माथि ‌औंला उठाउँदै आएको र ‘भ्रम र दिवा सपनामा’ डुबिरहेको समेत विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।‘एकातिर उनको अभिव्यक्ति भ्रमपूर्ण छ भने अर्कोतर्फ यसले आफ्ना छिमेकीप्रति भारतको बैमनस्यता झल्काउँछ’, पाकिस्तानी विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।शनिबार रक्षामन्त्री सिंहले भारतसामु समस्या खडा गरेमा पाकिस्तानभित्रै पसेर सैनिक कारबाही गरिने चेतावनी दिएका थिए ।‘हामीले उनीहरूलाई प्रस्ट सन्देश दिएका छौं कि यदि उनीहरूले धेरै समस्या सिर्जना गरे भने सीमानामा मात्रै होइन, सीमाभित्रै पसेर सर्जिकल स्ट्राइक गर्ने र आवश्यक परेको खण्डमा हवाइ हमला समेत गर्ने छौं’, पिथौरागढमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सिंहले भनेका थिए ।भारत र पाकिस्तान आणविक हतियारसम्पन्न मुलुक हुन् । दुबै मुलुकले सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि ३ पटक ठूलो युद्ध लडिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस