दिपेन्द्र यादव को आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ११, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
दिपेन्द्र यादव को आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

सर्लाही । लक्ष्मण यादव । मंसिर १० गते ।

नेपाल नेत्रज्योति संघ गौर आँखाअस्पताल तथा स्थानिय युवा समाजसेवी श्री दिपेन्द्र प्रसाद यादवको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।

शुक्रबारका दिन श्री आधारभुत बिधालय बरहथवा न.पा.१५ मा संपन्न निशुल्क आँखा जाँच सिविरमा १४५ जना पुरुष र १७१ जना महिला सहित ३१६ जनाले आँखाकाे चेकजाच गर्दा ९४ जनामा मोतिया बिन्दुका विरामिहरु भएकाे र ५९ जनाको साधारण चेकजाच गरि औषधि बितरण गरिएको थियाे ।

मोतिया बिन्दुका बिरामीहरुलाई शनिवारका दिन नि:शुल्क सल्यक्रिया को लागि अँखा अस्पताल रौतहट गौर (पुरेनमा) लगिनेछ। साे कार्यक्रमकाे आयाेजना दिपेन्द्र प्रसाद यादवले गरेकाे थियाे ।

ताजा अपडेट

खोजी गर्नुहोस