कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १२, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको नेपाली कांग्रेसले जनाएको छ देउवाले केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेका छन् । घिमिरे समिति सदस्य थिए ।डडेल्धुरा कांग्रेसको विषयमा निर्वाचन समितिमा फेरि विवाद भएपछि बिहीबार संयोजक यादवले राजीनामा दिएको समितिका एक सदस्यले बताए । समितिले टुंग्याइसकेको विषयमा फेरि विवाद निकालेको आरोप यादवको थियो ।कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई मान्यता दिन नहुने भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन् । सभापति मल्ल समूहले पार्टी सभापति देउवाको निर्देशनमा निर्वाचन समितिले काम गरेको भन्दै संयोजक यादवविरुद्ध नारावाजी गरेका थिए ।यादवले डडेल्धुरा अधिवेशनकै विषयलाई लिएर एक महिना अघि पनि पदबाट राजीनामा दिएका थिए ।कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म हुँदैछ । यतिबेला विभिन्न जिल्लामा अधिवेशन भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस