निर्वाचनको बेला पर्चा बाँड्ने काम रोक्न भीम रावलको माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १४, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
निर्वाचनको बेला पर्चा बाँड्ने काम रोक्न भीम रावलको माग

१४ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीम रावलले नेतृत्व चयनका लागि मतदान भइरहेको बेला पर्चा बाँड्ने काम रोक्न माग गरेका छन् ।भीम रावल र उनी पक्षका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै केपी शर्मा ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा वितरण गरेपछि रावलले त्यसलाई रोक्न माग गरेका हुन् ।पार्टीको निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई याे काम रोक्न आग्रह गरेको जानकारी दिएका छन् ।उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु। उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस