अमेरिकाको हाइ स्कुलमा गोली चल्दा ३ विद्यार्थीको मृत्यु, शिक्षकसहित ८ घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १५, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
अमेरिकाको हाइ स्कुलमा गोली चल्दा ३ विद्यार्थीको मृत्यु, शिक्षकसहित ८ घाइते

१५ मंसिर, काठमाडौं । अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन जना विद्यार्थीको मृत्यु भएको छ ।मंगलबार मिचिगन राज्यको अक्सफोर्डस्थित एक हाइ स्कूलमा गोली चलेको सीएनएनले जनाएको छ । गोली लागेर तीन जना विद्यार्थीको मृत्यु भएको र ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा १६ वर्षीय छात्रसहित १४ र १७ वर्षका दुई छात्रा रहेका छन् ।त्यस्तै एक शिक्षकसहित सात जना विद्यार्थी गोली लागेर घाइते भएको ओकल्याण्ड काउन्टीका प्रमुख माइकल बुचार्डले जानकारी गराएका छन् ।हाल गोली चलाएको आशंकामा १५ वर्षीय एक विद्यार्थीलाई हिरासतमा लिइएको छ ।गोली चलेको खबर पाउनेबित्तिकै सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए । सुरक्षाकर्मीले सन्दिग्ध विद्यार्थीले प्रयोग गरेको सेमि-अटोमेटिक हाते बन्दुकसमेत बरामद गरेका छन् ।विद्यालयको भिडियो क्यामेरामा संदिग्ध विद्यार्थी हतियारसहित बाथरुमबाट निस्केको तर त्यसपछि उनी गएको स्थान प्रस्ट नभएको बुचार्डको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस