
सीपी मैनालीमाथि प्रचण्डको ब्यंग्य : राप्रपाको अध्यक्ष हुन लागेको भए बधाई छराप्रपाको महाधिवेशन उद्घाटन शत्रमा प्रचण्ड भन्दा अगाडि मन्तव्य राखेका मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको भनेपछि प्रचण्डले उनीमाथि व्यंग्य गरेका हुन् ।मैनालीले विगतमा सशस्त्र आन्दोलन (झापा बिद्रोह) गरेको स्मरण गर्दै प्रचण्डले अहिले भने उनको भाषा फेरिएको देख्दा अचम्ममा परेको बताए ।‘उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ कि जस्तो लाग्यो, साँच्चै त्यसो हो भने सीपीजीलाई बधाइ छ’ उनले भने ।प्रचण्डले आफूले भने त्यस्तो भाषामा कुरा गर्न नसक्ने बताए ।
