तीन प्रस्तावित राजदूतको संसदीय सुनुवाइ फेरि सर्‍यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १७, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
तीन प्रस्तावित राजदूतको संसदीय सुनुवाइ फेरि सर्‍यो

१७ मंसिर, काठमाडौं । तीन देशका प्रस्तावित राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ ।

नेपाली कांग्रेसको सांसदहरु महाधिवेशनमा व्यस्त भएको लगायतका कारण देखाएर बैठक २० गतेलाई सारिएको हो । यसअघि मंसिर ५ गतेको बैठक पनि कोरम नपुगेर बस्न सकेको थिएन ।शुक्रबारको बैठकमा भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्ने भनिएको थियो । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस