जनकपुरमा माछा, मासु र मदिरा विक्रीमा रोक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १७, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
जनकपुरमा माछा, मासु र मदिरा विक्रीमा रोक

१७ मंसिर, जनकपुरधाम । विवाह पञचमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार (आज) देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए ।

आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस