जनता आवास कार्यक्रम : प्रगति ५० प्रतिशतभन्दा कम, चिसोमा जनतालाई सास्ती

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १८, शनिबार (४ साल अघि)
  • २ पटक पढिएको
जनता आवास कार्यक्रम : प्रगति ५० प्रतिशतभन्दा कम, चिसोमा जनतालाई सास्ती

राैशन कुमार चाैधरी । मंसिर १८ गते । पक्की घर बन्ने र ढुक्कसँग बस्न पाईने आश पालेर बसेका पर्सा, बारा र रौतहटका विपन्न दलित समुदाय उल्टै निरास बनेका छन् । जनता आवास निर्माण कार्यक्रमअन्र्तगत पक्की घर बन्ने आसमा बसेका दलित समुदायलाई बढ्दै गरेको चिसो मौसममा सास्ती खेप्नु परीरहेको छ ।

५ वर्ष अघि नै पक्की घर बनाईदिने आसमा भएको फुसको घर पनि भत्काईदिएपछि पाल टाँगेर बस्नुपर्ने उनीहरुको बाध्यता छ । लक्षित दलित समुदायलाई राहत दिने उद्देश्यले सुरु भएको जनता आवास कार्यक्रम सम्पन्न हुन अविलम्ब हुँदा उल्टै आहत दिएको छ । जनता आवास कार्यक्रममा कमसल र कम मूल्यको सामाग्री प्रयोग गरी धेरै बिल बनाएर रकम कुम्ल्याउनमा कर्मचारी र जनप्रतिनीधि केन्द्रित हुँदा ५ वर्षसम्म पनि घर निर्माण हुन सकेको छैन ।

पर्सा, बारा र रौतहटमा २०७३÷७४ अघि नै सुरु भएको जनता आवास कार्यक्रम हालसम्म पनि नसकिएपछि निर्माण कार्य छिटै सक्न पटक पटक ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ । संघिय सरकार मातहत रहेको जनता आवास कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि प्रदेश सरकार मातहतमा आएको छ ।

कार्यक्रम सुरु भएयता तिनवटै जिल्लाको जनता आवास कार्यक्रमको प्रगती ५० प्रतिशतसम्म पनि हुन नसक्नु अत्यन्तै दुःखद विषय हो । शहरी विकास तथा भवन निर्माण कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्ममा पर्सामा २ हजार ६६ वटा पक्की घर बनाउने लक्ष्य रहेकोमा १ हजार १ सय मात्र घर निर्माण भएका छन् ।

रौतहटमा १ हजार ९ सय ४० घर निर्माणको लक्ष्य रहेकोमा १ हजार वटा घर मात्र बनेका छन् । बारामा भने १ हजार ९ सय ९१ आवास निर्माणको लक्ष्य रहेकोमा जम्मा ३ सय ८४ घर मात्र निर्माण भएको तथ्यांकमा उल्लेख छ ।

यस वर्ष कुनै बाधा अवरोध नरहेकाले आवास निर्माणले गति लिने कार्यालयका निमित्त प्रमुख रुद्रनारायण दासको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस