कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर २०, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीमा देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताए ।

उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पत्रकारहरुलाई बताए ।

कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस