रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर २५, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् ।

संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछी पौडेल पछि हटेका उनका निकट सहयोगीले जानकारी दिएका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस