वृन्दावनमा एकजना आमाले भोटरलिष्ट बनाउने क्रममा गुमाईन आफ्नो नवजात शिशुको ज्यान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष १, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
वृन्दावनमा एकजना आमाले भोटरलिष्ट बनाउने क्रममा गुमाईन आफ्नो नवजात शिशुको ज्यान

राजेश पासवान ।पौष १ गते।रौतहट ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा एकजना आमाले भोटरलिष्ट बनाउने क्रममा आफ्नो नवजात शिशुको ज्यान
गुमाएकि छिन।

जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी निवासी बैधनाथ साह र उनका श्रीमती रिंकु साहले आफ्ना २ महिने नवजात शिशु(छोरा) लाई लिएर बिश्रामपुर स्थित रहेको नगरपालिकाको कार्यालयमा भोटरलिष्ट बनाउन गएका थिए।

आफू संग गएको अन्य १० जना महिलाहरु संगै आफुले पनि आफ्ना नवजात शिशुलाई कांखामा राखेरे करिब ७ घण्टा सम्म लाइनमा बस्दा पनि कर्मचारीले काम गर्न न सकेको कारणले गर्दा भोटरलिष्ट न बनाइकन घर फिर्ता आउने क्रममा चिसोले गर्दा सो शिशुको ज्यान गएको मृत शिशुको आमामा बुवा बताउछन।

वडा वडामै गर्नसकिने काम मेयर र कर्मचारीको लापरबाहीले गर्दा,जनताहरु नगरपालिकामा जान बाध्य भएको र त्यहाँ गएर पनि कर्मचारीले काम गर्न न सक्दा काम न गराइकन फिर्ता आउनु परिरहेको र भोटरलिष्ट बनाउने जनताको संख्या बढी रहेपनि कर्मचारीले एक दिनमा ६० देखि ७० जना व्यक्तिको काममात्र गरिरहेको अन्य एकजना महिला सर्मिला पासवान बताउँछिन्।

त्यसैगरी शिशुको ज्यान जानुमा स्थानीय जनप्रतिनिधि र कर्मचारी नै मुख्य दोषी रहेको भन्दै अब देखि महिला,अपांग र अशक्तलाई विशेष प्राथमिकता दिएर र काउन्टर थप गराएर काम गर्न माग गर्दै
मृत शिशुको मृत्युको मध्यनजर गरि नगरपालिकाले आवश्यक क्षतिपूर्तिको व्यवस्था मिलाइदिन स्थानीयहरुले माग गरेकाछन।

ताजा अपडेट

खोजी गर्नुहोस