पल्टुवामा जनता समाजवादी पार्टीको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष ५, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
पल्टुवामा जनता समाजवादी पार्टीको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न

राजेश पासवान।पौष ०५ गते।रौतहट ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दिया पल्टुवामा जनता समाजवादी पार्टीको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ।

हर्दिया पल्टुवा स्थित जनता समाजवादी पार्टीकानेता एवम् वृन्दावन नगरपालिकाका नगर प्रमुख पदका भावी उम्मेदवार म‍ो.शेख हकिमको सक्रियता तथा चन्देश्वर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमले १५ सदस्यीय वडा कमिटी गठन गरेको छ।

कमिटीको अध्यक्षमा विनोद यादव चयन हुनुभएको छ भने उपाअध्यक्षमा राजदेव राय यादव रहेकाछन् ।त्यसैगरी सचिवमा सिकिन्द्र यादव,सदस्यहरुमा रामनरायण साह,धर्मेन्द्र यादव, रामपेरित यादव,लालमोहर यादव नागेन्द्र यादव,रामध्यान यादव,रामविश्वास यादव,पनिलाल यादव,सुबिता देवी,तेतरी देवी र विश्वनाथ पटेल रहेका छन।

नव गठित कमिटी तथा कार्यकर्ताहरुलाई उम्मेदवार हकिमले बधाई अर्पण गर्दै अबको चुनावमा सबै जना एक धिका भई इमानदारीपूर्वक लागेर सहयोग गर्न आग्रह गर्नु भयो।
साथै तराई मधेसमा सितलहर बढिरहेको हुनाले सो वडाका गरिव जनताहरुलाई न्यायनो कपडा(स्विटर)समेत वितरण गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बृन्दावन नगरपालिका नगर प्रमुख पदका भावी उम्मेदवार मो शेख हकिम, विशिष्ट अतिथि रुपामा रहेको समाजवादी युवा संघ मधेश प्रदेश नं. २ का सदस्य विवेक कुमार पटेल राउत, अतिथिको रुपमा रहेको वृन्दावन नगरपालिका नेता महेन्द्र यादव लगायत जसपा पार्टीका विभिन्न पदका पदाधिकारी,पार्टीका नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस