प्रदेशको नाम मधेश नभए राजधानी जनकपुर स्वीकार्य हुँदैन :- मन्त्री योगेन्द्र यादव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष १०, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
प्रदेशको नाम मधेश नभए राजधानी जनकपुर स्वीकार्य हुँदैन :- मन्त्री योगेन्द्र यादव


ओम प्रकाश यादव
पुष ९ गते, रौतहट ।
प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाम मधेश प्रदेश नै हुनुपर्ने बताएका छन ।
प्रदेश २ को नाम मधेश प्रदेश, जानकी प्रदेश, मध्य मधेश प्रदेश, मिथिला भोजपुरा राख्न विभिन्न दलहरुले प्रस्ताव गरेपनि प्रदेशको नाम मधेश प्रदेश नै सबभन्दा उपयुक्त हुने राज्य मन्त्री यादवले बताएका हुन ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले जनकपुर टुडेसँग विशेष कुराकानी गर्दै प्रदेशको नाम मधेस प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन् ।
मिथिला र भोजपुराबासीले प्रदेशको नाम मधेश प्रदेश स्वीकार नगरे आफुहरु पनि कुनै पनि हालतमा जनकपुरलाई राजधानी स्वीकार गर्न नसक्ने मन्त्री यादवले बताए ।
राज्य मन्त्री यादवले नाम र राजधानी मिथिलाकै पक्षमा कुनै हालतमा हुन नसक्ने बताए ।
अन्य जिल्ला सहित प्रदेश २ का जिल्लाहरु तराई मधेशकै नामबाट चिन्ने गरेकाले प्रदेशको नाम मधेश राख्ने पक्षमा नै सबै राजनीतिक दलहरुलाई एकमत हुनुपर्ने धारणा उनले राखे ।

ताजा अपडेट

खोजी गर्नुहोस