चिसोले गरिव परिवार समस्यामा, सरकारले ध्यान नदिएको गुनासो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष ११, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
चिसोले गरिव परिवार समस्यामा,  सरकारले ध्यान नदिएको गुनासो


ओम प्रकाश यादव

पुष ११ गते, रौतहट ।
रौतहट सहित तराई मधेशका जिल्लाहरुमा विस्तारै चिसो बढन् थालेको छ ।
चिसो बढ्न थालेपछि रौतहटका मुसहर, माझी, डोम, दलित लगायतका समुदाय चिन्तित भएका छन् ।
सरकारले चिसोबाट बच्न अहिलेसम्म कुनै व्यवस्था नगरेको अर्थात न्यानो कपडा अझै वितरण नगरेको भन्दै बढ्दै गरेको चिसोले कसरी बच्ने भन्ने चिन्तामा उनिहरु परेका छन ।
विपन्न परिवार गरिविका कारण चिसोले सबभन्दा बढी यी परिवारहरु नै प्रभावित हुने गर्छन ।
दिउँसो घाम लागेपनि विहान र बेलुका चिसो बढेपछि तराईका विपन्न परिवार समस्यामा पर्न थालेका छन । चिसो छल्न घुर बालेर आगो ताप्नेहरुको संख्या बढन थालेको छ । तराईका विपन्न बस्तीहरुमा यतिखेर ज्यान तताउन घुर बालेर ताप्नेको लहर नै देखिन्छ ।
तराई मधेसको जिल्लामा बढ्दै गरेको चिसोको कारण जनजीवन प्रभावित बन्ने देखिन्छ । चिसो बढेसँगै जिल्लाका सरकारी अस्पताल एवं स्वास्थ्य चौकीहरूमा बिरामीको चाप पनि उतिकै बढ्ने देखिएको छ ।
चिसोसँगै भाइरलज्वरोको प्रकोप बढ्ने सम्भावना रहन्छ ।
तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब र विपन्न समुदायका ज्येष्ठ नागरिकहरूको बर्षेणी चिसोले कठ्यांग्रिएर मृत्यु हुने गरेको छ । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरूमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीहरु ऋाउने क्रम विस्तारै बढन् थालेको चिकित्सिकहरु बताउँछन ।
चिसोबाट बच्न सरकारले समयमा न्यानो कपडाको व्यवस्था गर्न नसकेका कारण बर्षेणी तराईका गरिव एवं विपन्न समुदायका नागरिकहरु अकालमै ज्यान समेत गुमाउँदै आएका छन ।
सरकारले अहिले तत्काल न्यानो कपडा र राहतको व्यवस्था नगरे जिल्लाका मुसहर, माझी, दलित लगायतका समुदाय चिसोको चपेटामा पर्ने निस्चित रहेको देखिएको छ ।
त्यसैले सरकारले उनीहरूलाई चिसोको कहरबाट जोगाउन ज्यान छोप्ने न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको प्रबन्ध गर्नुका साथै चिसोका कारण बिरामी पर्नेहरूलाई उचित उपचारको व्यवस्था मिलाउन जरूरी रहेको देखिन्छ ।
तराईमा पुष माघ महिनामा चल्ने गरेको शीतलहर र विहान बेलुका लाग्ने गरेको बाक्लो हुस्सुका कारण यहाँको कारण जनजीवन अत्यन्त कष्टकर हुने गरेको छ ।
तराईका जाडो पीडितलाई सरकारले चिसोबाट बच्न स्थायी उपाय सिकाएको छैन । समस्या झनै बढेर गएको छ । यी सबै प्रतिकूल परिस्थितिको मार खेप्न विवश भएका छन्, गरिब र विपन्न जनता ।
तत्काल चिसोबाट जोगिन अस्थायी उपाय अपनाउनुको विकल्प छैन । सर्वप्रथम चिसोमा ओत लाग्न नसक्ने घरलाई शीत नचुहिने बनाएर पीडितका लागि लत्ताकपडा र खाद्यान्नसमेत व्यवस्था गर्नु जरूरी हुन्छ ।
चिसोमा झोलयुक्त तातो परिकारले स्वास्थ्य स्थिति सहज हुन्छ । त्यसैले सरकारले जनप्रतिनिधिमार्फत दाल, गेडागुडीलगायत खाद्यान्न वितरण गर्नुपर्छ । चिसोको कहर सहन विवश जनताका लागि स्थायी उपाय खोज्नेतर्फ सरकारले गम्भीरतापूर्वक पहल गर्नु आवश्यक देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस