भारतीय आमा बुबाको नेपाली छोरा मनोजको घुर्की म भारतीय वा पाकिस्तानी जे भए कसैलाई के मतलव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ पौष ११, आईतबार (४ साल अघि)
  • ६ पटक पढिएको
भारतीय आमा बुबाको नेपाली छोरा मनोजको घुर्की म भारतीय वा पाकिस्तानी जे भए कसैलाई के मतलव

वर्तमानकाल साम्वादाता । विरगंज । पुष ११ गते ।
नव नागरिक मनोज कुमार कलवारको राष्ट्रियतामाथि प्रश्न चिन्ह उठेपछि कलवारले आफ्नो आसपासेहरूलाई हो म भारतीय हुँ, मेरो आमा बुवा भारतीय हो, मेरो भाई मनीष पनि भारतीय हो, पैसाको बलमा मैले नागरिकता लिएँ जसलाई जे गर्न मन छ, गरोस् भनि घुर्की लगाएका छन् । तत्कालीन प्रशासकीय अधिकृत दुर्गा दत्त ढकाललाई मोटो नजराना दिएर विशुद्ध भारतीय नागरिक मनोज कुमार कलवारले जिल्ला प्रशासन कार्यालय पर्साबाट ना.प्र.प. नं. ३४३०२२–१३÷११८४ को नागरिकता जन्मको आधारमा मिति २०६३–१२–२९ गते हासिल गरेका थिए ।
मनोजले प्राप्त गरेको नागरिकतामा बुवाको नाम त्रिवेणी साह कलवार उल्लेख गरिएको छ । जिल्ला पूर्वी चम्पारण प्रखण्ड घोड़ासहन पञ्चायत विशुनपुर अमवा थाना झरोखर स्थायी ठेगाना भएका मनोज कुमार कलवार पुनदेव प्रसादको नाती त्रिवेणी प्रसादको छोरा हुन् । मनोजको आमाको राजा देवी उल्लेख गरिएको छ । मनोजले नेपाली नागरिकता हासिल गरेपछि भएभरको खानदानलाई नेपाल बोलाई रोहित केमिकल ट्रेडर्स नामक कम्पनी खड़ा गरि भारतीयहरूलाई मात्र कामदार राखेका छन् । तीन पुस्ते नेपाली नागरिकलाई ऋणको लागि नपत्याउने नेपाली बैंक २०६३ सालका नवनागरिकहरूले मागे भन्दा बढ़ी ऋण प्रवाह गरिरहेका छन् । मनोज कुमार कलवार उर्फ मनोज जायसवालको नागरिकताको विषयमा समाचार सार्वजनिक भए पछि जनकपुर टुडेका पत्रकार अनिल तिवारीले मनोज जायसवालसँग फोन सम्पर्क गरि प्रतिक्रिया लिन खोज्दा तपाईंलाई किन बताउने, जे छाप्नु छ छाप्नुस, म भारतीय नागरिक होइन, पाकिस्तानी नागरिक पनि हो, तपाईंलाई के मतलब भनि गÞैरजिम्मेवारीपूर्ण जवाफ दिएका थिए । विभिन्न किसिमका संगठित वित्तीय अपराधमा संलग्न रहेका मनोज भारतमा अर्को नामको सरकारी पहचान पत्र समेत बनाएको शुत्रले जनाएको छ । मनोजको सन्दर्भमा हाम्रो थप अनुसन्धान जारी छ । मनोज जयसवालको फोटोः सामाजिक सञ्जालबाट लिइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस