
राैशन चाैधरी । पुष १३ गते ।
रौतहटमा भारतीय नम्बर प्लेटको पिकअप दुर्घटना हुँदा ४ जनाको मुत्यु भएको छ। गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मंगलबार दिउँसो सवा ४ बजे गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर०५ पिए ६९५३ को पिकअप सडकबाट झण्डै २० फिट तल खस्दा दुर्घटना भएको हो। मृतकको सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
