रौतहटमा मओवादीकाे निर्वाचित वडा अध्यक्ष यादव काँग्रेसमा प्रवेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ माघ १४, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
रौतहटमा मओवादीकाे निर्वाचित वडा अध्यक्ष यादव काँग्रेसमा प्रवेश

कृष्ण तिवारी रौतहट ।
माघ १४ गते

रौतहटमा माओबादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
जिल्लाको उत्तरी भेगमा पर्ने फतुआ बिजयपुर नगरपालिका—६ पेटर्भावामा गत स्थानिय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट वडा अध्यक्षमा निवार्चित हिरालाल राय यादव माओबादी परित्याग गरी कंग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली कांग्रेस फतुआ बिजयपुर नगर द्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओबादी केन्द्र परित्याग गरी हिरालाल यादवको नेतृत्वमा करिब सयौको संख्यामा नेता कार्यकर्ताहरु प्रवेश गरेका छन ।
नव प्रवेशिकाहरुलाई कार्यक्रमका प्रमुख अथिती एवं नव निर्वाचि मधेश प्रदेशका सभापति कृष्णा प्रसाद यादवले दोस्सलाह अबिर माला लगाई पार्टीमा स्वागत गरेका छन ।
पार्टी नगर उपसभापति सुधिर यादव को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश सभापति कृष्ण यादवले देशैभरी नै कांग्रेसमा जनलहर चलेको भन्दै कांग्रेसलाई नै साथ दिन जनता संग आग्रह गर्नु भएको थियो ।
कांग्रेस यस्तो पार्टी हो जुन भन्नेर होईन गरेर देखाउने सम्म आट गरेको उनले बताए । देश जब जब दुर्घाटना तर्फ जादा कांग्रेस यस्तो पार्टी हो जसले दुर्घाटना हुनबाट जोगाएको बताउनु भएको थियो ।
विश्वमा मान्यता प्राप्त गरेको र भिजन भएको पार्टी नेपाली कांग्रेस मात्र पार्टी रहेको बताउनु भयो ।
देशमा केही कम्युनिष्टहरुले सोझा सझा जनतालाई भ्रमितमा पारेर भोट ठग्ने गरेको आरोप लगाउदै त्यस्ताबाट बच्न सबै संग वहाले आग्रह गर्नु भयो ।
देशमा ठुलठुल्ला परिर्वतण कांग्रेसले नै गरेको अझ पनि परिर्वतणको पक्षमा संर्घष गर्न त्यार रहेको प्रतिक्रिया दिनु भयो ।
त्यस्तै बिशिष्ट अथिती पुर्व सांसद एव रौतहट क्षेत्रन. ३ प्रतिनिधि सभा प्रत्यासी सुनिल यादव (जितेन्द्र ) ले यो सरकारले छिटो भन्दा छिटो मल खाद सहज र सुलभ ढंगले किसान माझ पुग्ने बताउनु भयो ।
कार्यक्रममा फातुवाबिजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादव क्षेत्रीय सभापति एवं कटहरिया नगरपालिका वडा नं. ५ का अध्यक्ष सर्फलाल प्रसाद गुप्ता ,कटहरिया नगरपालिकाकाे सभापति एवम वडा नं ६ का वडा अध्यक्ष शम्भु कान्त यादव, नेपाल शिक्षक संघका प्रदेश २ उपाअध्यक्ष राम मंगल राय यादव , नेपाल शिक्षक संघका जिल्ला रामकृपाल यादव लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा करिब दुई सयको संख्यामा स्थानिय नेताकार्यकर्ताहरु र पत्रकारको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन युवा नेता अर्जुन यादवले गर्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस