रौतहटमा गहुँ खेतीका लागि रासायनिक मलको अभाव, उत्पादन घट्ने किसान चिन्तामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर २२, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
रौतहटमा गहुँ खेतीका लागि रासायनिक मलको अभाव, उत्पादन घट्ने किसान चिन्तामा

पवन कुमार उपाध्याय

रौतहट,२२ मंसिर। धानबाली भित्र्याइसकेको रौतहटका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मलको अभाव भएको छ ।

रौतहटका किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा धेरै खर्च लागेका छन् । नेपालमा क्षेत्रफल एवम् उत्पादनका हिसाबले धान र मकैपछि गहुँ प्रमुख खाद्यान्न बाली मानिन्छ ।

गहुँमा आवश्यक मात्रामा मल नभए पनि उत्पादन घट्ने किसानको चिन्ता छ । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी पोटास रासायनिक मलको अभाव कायमै छ । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो ।

कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी संघमार्फत स्थानीय नगरपालिकाको सिफारिसमा मल वितरण गर्दै आएको छ । मल अभावका कारण किसानलाई वितरण गर्न नसकिएको सहकारी संस्थाले जनाएको छ ।

‘हामीलाई उपलब्ध गराइएको परिमाणको मल किसानलाई बाँड्ने गरेका छौं,’ गरुडा नगरपालिका वडा नं ४ स्थित गरुडा बजारमा रहेका एक सरकारी संस्थाले भने । गहुँबालीका लागि तत्काल आवश्यक रासायनिक मल नपाएकाले गहुँबाली लगाउन समस्या भएको किसानले गुनासो गरेका छन् ।

यसअघि भारतीय बजारबाट जेनतेन गरी मल ल्याउने गरेकामा अहिले भारतीय प्रहरी नेपाल प्रहरीले ल्याउन नदिएको गरुडा नगरपालिका वडा नं ४ मा बस्ने युवा किसान अखलेश कुमारले बताएका छन्

ताजा अपडेट

खोजी गर्नुहोस