
राैतहट, १७ फाल्गुन। जिल्ला प्रशासन कार्यालय राैतहटले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा अस्थायी निषेध लगाएको छ ।
कार्यालयद्वारा शनिबार प्रकाशित सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम मिति २०८२ फागुन १७ गतेदेखि २०८२ फागुन २१ गतेसम्म रौतहट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न नपाइने जनाइएको छ ।
सूचनामा निर्वाचन अवधिमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न उक्त निर्णय गरिएको उल्लेख गरिएको छ । आदेश उल्लंघन गर्ने सवारी साधनमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ ।
